समाचार

प्रधानमन्त्रीको सम्बोधन आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने छन् ।

यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज संसद् नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।