काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६९ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच फालेलुङ गाँउपालिका अध्यक्ष सन्च कुमार केरुङले शाखा कार्यालय फालेलुङको समुदघाटन गरे ।
यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ।