आर्थिक

ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच सम्झौता

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक  र काठमाण्डौ भ्याली हस्पिटलबीच अस्पतालले प्रदानगर्ने विभिन्नसेवातथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा काठमाण्डौ भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्रीश्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।