समाचार

भाषासेवी नातिबज्रको निधन

काठमाडौँ । नेपाल भाषाका कवि तथा भाषासेवी नातिबज्र बज्राचार्यको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । साहित्य साधनाका साथसाथै बज्राचार्यले भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री गर्ने गर्नुहुन्थ्यो ।

उहाँका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन् ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।  उहाँको आजै शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिँदैछ ।