बाग्मती

दुर्घटनामा एकको मृत्यु, चार घाइते

धादिङ । काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनी ट्रक आज दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार बा ४ ख ८६५८ नम्बरको मिनी ट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका–१ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो ।

पल्टिएर भएको दुर्घटनामा घाइते चार जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।