पु.समाचार

प्रस्तावित राजदूतबारे उजुरी आह्वान, २८ पुषसम्म उजुरी दिन सकिने

काठमाडौँ । सार्वजनिक सुनुवाइ समितिले प्रस्तावित ५ राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार बसेको बैठकले प्रस्तावित पाँचै जनाबारे १० दिनभित्र उजुरी दिन सार्वजनिक आहवान गरेको छ ।

मन्त्रिपरिषद्ले पुस ६ मा परराष्ट्र मन्त्रालयका सहसचिवहरू दीपक अधिकारी (फ्रान्स), दुर्गाप्रसाद भण्डारी (कुवेत), भृगु ढुंगाना (क्यानाडा), गणेशप्रसाद ढकाल (थाइल्यान्ड) र मणिप्रसाद भट्टराई (जेनेभास्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोग) लाई राजदूत सिफारिस गरी सुनुवाइका लागि नाम पठाएको थियो ।

१० दिनपछि समितिले प्राप्त हुने उजुरीको अध्ययन र उजुरीकर्तालाई बोलाएर छलफल गर्नेछ । त्यसपछि समितिले पाँचै जनासित उनीहरूको कार्ययोजना, उजुरीको जवाफ र सांसदहरूले राख्ने जिज्ञासाको उत्तर सुनेपछि अनुमोदन गर्नेरनिर्णय गर्नेछ ।