समाचार

पेट्राेलियम पदार्थकाे मूल्य २ रुपैयाँ घट्याे

काठमाण्डाै । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ।