मनोरञ्जन

पोखराको हट एयरबलुनको फाइदा ‘गोपी’ प्रचारको काइदा

काठमाण्डौ। पछिल्लो समय फिल्म प्रदर्शनकालागि अनेकौँ फण्डा अपनाउन थालिएको छ। आगामी माघ१८ गते देखी प्रदर्शनमा आउनलागेको फिल्म गोपीले आफ्नो प्रचारलाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ। केहीसमय अगाडिमात्र नेपाल भित्रिएको नेपालकै एकमात्र हट एयरबलुनमा आफ्नो पोस्टरटाँसेर फिल्मले पोखरामा प्रचार सुरुगरेको हो। पछिल्लो समय हटएयरबलुनमा मानिसहरुको आकर्षण बढ्दै गएकोछ।

त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुनमार्फत गरेका हौं, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने।विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तलगायतको मुख्य भूमिका रहेको फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो।