समाचार

प्रेस युनियन गोरखामा ढकाल

गोरखा । नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन हुनुभएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले जानकारी दिए । समितिको सदस्यमा अञ्जन खत्री, अजित खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा रामशरण आचार्य, किशोरजङ्ग थापा, प्रसन्न पोखरेल, दीपक दाहाल, करिष्मा केसी, शिव उप्रेती, आत्माराम श्रेष्ठ र कैलाशबाबु श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै प्रदेश प्रतिनिधिमा सलिना गुरुङ, प्रकाश ढकाल, सन्तोष अधिकारी, नरहरि सापकोटा, अञ्जन खत्री, सस्मिता पन्त, मोहसिन अलिमियाँ, सिर्र्जना अर्याल र अनिल कुँवरलाई चयन गरिएको छ ।