आर्थिक

साँग्रिला विकास बैकको नया शाखा सुलिचौरमा

काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकले रोल्पाको सुलिचौरमा नयाँ शाखा शुरु गरेको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको सुलिचौरमा मंलवारबाट आफ्नो ७७ औ शाखाका रुपमा सञ्चालनमा ल्याएको हो । बैकले “स्थानीय विकासको आधार” आफ्नो मुल नारालाई आत्मसात गर्दै सुविधा सम्पन ठाउँमा मात्रै नभएर विकट ग्रामिण क्षेत्रका नागरिकका लागी सर्वसुलभ सेवा सुविधा पु¥याउने लक्ष्य रहेको बताएको छ ।

हालसम्म बैकले देशका सात वटै प्रदेशमा गरि ७७ शाखा कार्यालय, २३ वटा एटिएम मार्फत करिव २ लाख ५६ हजार भन्दा बढी ग्रहाकहरुलाई आधुनिक बैकिङ्ग सेवा दिदैँ आएको छ ।

बैकको शाखाको उद्घाटन बैकका सञ्चालक अच्युत प्रसाद प्रसाई र सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तिले संयूक्तरुपमा गरेका हुन् ।

विज्ञप्ति सहित :