आर्थिक

स्टक एक्स्चेञ्जद्वारा प्रभु बैंकलाई अनलाईन कारोबारमा समावेश

काठमाण्डौ । नेपाल स्टक एक्स्चेञ्जले आजदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । अब प्रभु बैंकमा खाता हुने लगानी कर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफ साफगर्दा शेयर दलालतथा बैंक सम्मपुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक बुधबारदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन शेयर कारोबारगर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क e-banking सेवा उपलब्ध हुनेछ ।

प्रभु बैंकको प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजताप्राप्त हुनुका साथै नेपालको पूँजी बजारको विकासमा समेत टेवापुग्ने बैंकले विश्वास लिएको छ ।