आर्थिक

जनता बैंकको सिटिजन लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता

काठमाण्डौ । यस बैंक र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी बैंकासुरेन्ससेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवादिने अभिप्राय लेइन्स्युरेन्स कम्पनीहरुसँग संझौतागर्ने क्रममा आजसिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता सम्पन्न भएको हो ।

जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमागर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानीगर्न, दावी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्तगर्न सक्नेछन् ।