अन्तर्राष्ट्रिय

पहिरोमा परी ४१ जना बेपत्ता

जकार्ता । इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताहरुले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने । उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरुलाई खोज्ने कार्य भइरहेको उनीहरुको भनाइ छ ।