आर्थिक

जनरल इन्स्योरेन्स र कामना सेवा बिकास बैंक बीच सम्झौता

काठमाण्डौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र कामना सेवा बिकास बैंक बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच मिति २०७५ पौष १७ गते मंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका निःप्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।