प्रदेश 1

झापाका दुई स्थानमा आगलागी, १४ लाख बराबरकाे क्षति

झापा । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा १४ रुपैयाँ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको हो । यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा आठ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी जाहित मियाँको दुई बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानीयवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।