पर्यटन/संस्कृति

सातौँ भेडेटार खाना महोत्सव शुरु

धरान । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताएका छन् ।

अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि शुरु भएको सातौँ खाना महोत्सवको उद्घाटन गर्दै उनले भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न सम्बन्धित निकायलाई आग्रह गे ।

महोत्सव यही पुस १८ गतेसम्म चल्ने होटल एशोसिएशनका अध्यक्ष जीतेन्द्र रुम्दालीले जानकारी दिए ।