कर्णाली प्रदेश

शहरी विकास तथा भवन कार्यालय स्थापना

जाजरकोट । तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ ।

जाजरकोट, पूर्वी रुकुम र डोल्पा हेर्ने गरी स्थापना भएको सो कार्यालयको सोमबार सांसद गणेशप्रसाद सिंहले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको मातहतमा रहेको सो कार्यालयले तीन जिल्लाको भौतिक पूर्वाधारको काम हेर्ने छ ।

कर्णाली प्रदेश सरकारले सेवा प्रवाह गर्नका लागि प्रदेशका कार्यालय विस्तार अभियान सञ्चालन जारी राखेको छ । प्रदेश सरकारको अनुभूति जिल्ला, जिल्लामा पु¥याउन सेवा विस्तारसँगै नागरिकको काम छिटोछरितो गर्न सो अभियान सञ्चालन गरिएको हो ।