पत्रपत्रिका

हवाई यात्रु साढे ५८ लाख, पर्यटक ११ लाख

काठमाडौं । नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन्।

सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले वढी हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फ ४३ लाख ८ सय ५५ यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय तर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ।

जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन् भन्ने खबर काराेबार दैनिकमा  छ। सन् २०१८ मा गत वर्ष भन्दा आन्तिरिक वायुयान आगमनतर्फ २ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियर्फ २ दशमलव २० प्रतिशतले वृद्धि भएको छ।

पर्यटक ११ लाख :

सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। याे स‌ंख्या सन् २०१७ काे भन्दा १ लाख ६० हजारले बढी हाे। सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल आएका थिए। सन् २०१८ मा १२ लाख पर्यटकले  प्रक्षेपण गरे पनि याे वर्ष ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका हुन्।