बाग्मती

रसुवाको उत्तरगयामा आयुर्वेदिक सेवा केन्द्रको स्थापना

 रसुवा। रसुवाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँमा आयुर्वेदिक सेवा केन्द्रको स्थापना भएको छ ।

जिल्लाका नागरिक पछिल्लो समय आयुर्वेदिक सेवातर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले केन्द्रको स्थापना गरेको हो । लामो समयसम्म औषधि खाने बिरामीहरू आयुर्वेदिक सेवामा जाने गरेका स्वास्थ्य शाखाका हेल्थ असिष्टेन्ट तथा सूचना अधिकारी उत्सव पौडेलले बताउनुुभयो ।

करिब ७ लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा एक जना बैद्य राखिएको उहाँले जानकारी दिनुभयो । जिल्ला आयुर्वद सहित जिल्लामा चारवटा आयुर्वेद सेवा केन्द्र रहेका छन् । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो ।
जिल्लाको उत्तरगया गाउँपालिकाको पाँचवटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।