शिक्षा

त्रिविको ४४औं दीक्षान्त समारोह सम्पन्न ,९ हजार भन्दा बढी विद्यार्थी दिक्षित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ९ हजार ५ सय भन्दा बढी विद्यार्थी सोमबार दिक्षित भएका छन्। ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा भएको ५६औं ग्रेस लिष्टको ४४औं दीक्षान्त समारोहमा ९ हजार ५ सय ४ जना विद्यार्थी दिक्षित भएका थिए।

समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरेका थिए। समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका थिए।

पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये ९ हजार ५०४ जना विद्यार्थी दीक्षित भएका हुन्।

समारोहमा ६ हजार ३ सय ९ अभिभावकको सहभागिता थियो। समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो।