राजनीति

राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नुको बिकल्प छैनः पूर्ब महामन्त्री सिंह

पर्सा । नेपाली काङ्ग्रेसका पूर्ब महामन्त्री प्रकाशमान सिंहले महामानव विपी कोइरालाले ४० वर्ष अगाडि प्रतिपादन गरेको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताएका छन् ।

महामन्त्री सिंहले राष्ट्रियताको रक्षा गर्दै प्रजातन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्तिबीच मेलमिलाप हुनुपर्ने विपी कोइरालाले २०३३ सालमा प्रतिपादन गरेको सिद्धान्तको अहिले बढी आवश्यकता महसुस भएको बताए । काङ्ग्रेस पर्साद्वारा सोमबार वीरगञ्जमा आयोजित ४३ औँ मेलमिलाप दिवसलाई सम्बोधन गर्दै उनले विपीको मेलमिलापको नीतिका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार सम्पन्न बनाउने काममा सबै दल मिल्न जरुरी रहेको बताए ।

कार्यक्रममा काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा सबै दल एक हुन आवश्यक रहेको बताएका थिए ।