समाचार

तरुण दलले काँग्रेसको २१ गतेको आन्दोलनमा सकृय रहन दियो ७७ वटै जिल्ला सभापतिलाई निर्देशन

काठमाण्डौ । नेपाल तरुण दल केन्द्रीय समितिले नेपाली काँग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनता बिरोधी गतिबिधिको बिरोध प्रदर्शनमा सहभागीता जनाई सफल बनाउन आफ्ना मातहतका ७७ वटै जिल्लाका जिथल्ला सभापतिहरुलाई निर्देशन दिएको छ । महासचिव भुपेन्द्रजंग शाहीले आज एक विज्ञप्ती जारी गर्दै वाईडबडी भ्रष्टाचार, बुढी गण्डकी भ्रष्टाचार, गोबिन्द केसीका माग, निर्मला पन्तको बलात्कार र हत्याको अनुसंधान, प्रेस तथा न्यायालयमाथीको हस्तक्षेप लगायतका बिरुद्धमा माघ २१ गते आयोजना गर्न लागेको नेपाली काँग्रेसको आन्दोलनमा सहभागीता जनाई सफल बनाउन निर्देशन दिएका छन् ।
सातै प्रदेशमा ओली सरकार बिरुद्धमा उत्रिएर भएर्खरैमात्र बिश्राम लिईएका देशभरका तरुणहरु पुनः पार्टीको कार्यक्रम सफल बनाउन डौडधुप गर्नुपर्ने देखिएको छ । असंबैधानिक, अलोकतान्त्रीक र अधिनायकबादी बर्तमान सरकारका कृयाकलापका बिरुद्धमा राखिएको बिरोध कार्यक्रममा सकृय सहभागीता र सहयोग गर्न परिपत्र गरिएको विज्ञप्ती तरुण दलले प्रकाशन गरेको छ । काँग्रेसले उक्त दिन ओली सरकार बिरुद्ध शक्ती प्रदर्शन गर्ने देखिएको छ । काँग्रेसले उक्त दिन आफ्ना सबै भातृसंस्थालाई उतार्ने संकेत दिएको छ ।