आर्थिक

प्रदेश नं. २– प्रभु बैंकको मुख्यमन्त्री, बेटी बचाउकोष

काठमाण्डौ । प्रभु बैंकले प्रदेश नं. २ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंकका विच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी एक सम्झौता सम्पन्न गरेको छ । बैंकले २ नं. प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरेको जनाएको छ ।

सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाा सञ्चालनमा आएको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ । यो अभियान अन्तर्गत २०७५ माघ १ गते पश्चात् उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंकले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलि दिनेछ । मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्माभएको रकमको साँवा र व्याज प्राप्तगर्न सकिने व्यवस्था समेत रहेको बैंकले जानकारी दिएको छ ।

प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफुलाई व्यवसायिकमात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । निरन्तर व्यवसायिक सफलता हाँसिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई आफ्नो सामाजिक उत्तरदायित्ववहनगर्ने अवसरको रुपमा लिएको छ । साथै, प्रदेश नं. २ को यस लोकप्रिय कार्यक्रम र प्रभु बैंक सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको प्रम’ख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।