समाचार

डा. केसीको जिवनरक्षाका लागि काँग्रेसले संसद अबरुद्ध गर्ने

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अबरुद्ध गर्ने निर्णय गरेको छ । बिहीबर गरेको संसदीय दलको बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अनसनरत डा. गोबिन्द केसीसँग वार्ता गर्नुपर्ने लगायतका माग गर्दै काँग्रेसले बिहीबारकाने संसद अबरुद्ध गर्न लागेको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् । प्रतिनिधि सभामा बल प्रयोग गरेर काँग्रेसलाई पेल्न खोजेर बिधेयक पास गरेकोले राष्ट्रिय सभामा समेत यसको असर पर्ने नेता खाँणको भनाई छ ।
नेकपाले आफ्नो दुईतिहाई मतको आडमा डा. केसीको अनशनलाई बेवास्ता गरेको, काँग्रेस सरकारले जनताका पक्षमा ल्याएका योजनाहरु उल्ट्याएको लगायतका आरोपहरु लगाउँदै २१ गतेबाट आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।