विचार/ब्लग

कसैसँग प्रेमको कल्पना मात्र गर्दा पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ

जयन्ती बडुवाल/फ्रेबुअरीको १४ तारिख । संसारका प्रेमी/प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेहरुका लागि एउटा विशेष उत्सवको दिन, भ्यालेण्टाईन डे आउन अब १५ दिनमात्र बाँकी छ। उक्त दिनको पर्खाइमा विश्वभर लाखौं जोडीहरु होलान् । आफुले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन, अर्थात प्रेम दिवस, भ्यालेन्टाइन डे । प्रेम एउटा आफैँमा रङ्गीन अनुभुति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रेम चिन्तनले तरङ्गीत बनाउने नै भयो । प्रेम दिवसले प्रत्येक वर्ष संसारका हरेक युवायुवतीको मनमा यस्तै तरङ्ग सृजना गर्दछ । मनमा उत्पन्न भएको तरङ्गलाई आफूले चाहेका व्याक्तीेलाई अभिव्यक्त गर्ने दिन नै हो, प्रेम दिवस अर्थात भ्यालेटाइन डे । यो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । त्यसैले प्रेम दिवसको महत्व संसार भर नै रहेको छ । युवायुवतीको मात्र नभएर अन्य घर परिवारको प्रेमलाई यसमा जोड्न सकिन्छ । यद्यपि, प्रेम मानव समाजका लागी नभई नहुने सामथ्र्य पनि हो । प्रेमले नै मानवहरुको अस्थित्वलाई कायम राख्न सहयोग गरेको छ । यसले हरेक कार्यमा साथ र सयोग गर्न मद्दत गर्दछ । घरपरिवारको प्रेम वा पतीपत्नी बिचको प्रेम होस या अन्य साथीहरुको प्रेम जे होस प्रेम भनेको आनन्द प्रधान गर्ने जग हो ।

मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन, अर्थात प्रेम दिवस, भ्यालेन्टाइन डे । प्रेम एउटा आफैँमा रङ्गीन अनुभुति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ

हामी हरेक यात्रामा प्रेमको आभाष भएको महशुस गर्दछौँ । यसले मानवहरुलाई बाँच्ने र समाजमा प्रतिष्ठीत कार्य गर्न प्रेरणा दिन छ । प्रेमको आफ्नै परीभाषा छ । यो एउटा रङ हो । यसले मानव जिवनलाई रङगीन बनाउन धेरै हौँसला दिएको हुन्छ । भनिन्छ प्रेमले नै संसारको सृजना गरेको हो । प्रेमले नै संसारलाई सुन्दर बनाएको छ । संसारमा सबै एकअर्काले प्रेम गरिरहेका छन् प्रेम चाहिरहेका छन् । प्रेम सबैको आकांक्षा हो, लक्ष्य हो, सपना हो, कल्पना हो । मानिस मृत्युपर्यान्त प्रेमको भोको हुन्छ । प्रेम दिवस वा भ्यालेन्टाइन डे मानव जातिको कहिल्यै नमेटिने भोक हो । त्यसैले प्रेमको अर्काे पाटो पीँडा पनि हो । प्रेमले कहिले रुवाउँछ त कहिले हसाउँछ । सयाद, यो नै प्रेममा हुनु पर्ने गुण हुन सक्छ । प्रेमको अर्थ माया मात्र नभएर यसका धेरै अर्थ र परिभाषा छन्, प्रेम गर्ने ब्यक्ती वा परिभाषाविदअनुसार यसको अर्थ फरक हुन सक्छ । प्रेमको परिभाषा यही नै हो भनेर ठोकुवा गर्न सकिदैन । तथापी, प्रेम निस्वार्थ र निश्चल हुनु पर्छ । प्रेमको नाममा समाजमा अभद्र र अव्यवाहरीक क्रियाकलाप गर्नु हुदैन । प्रेमको माध्यमबाट नै व्यवाहरिक र सभ्य समाजको र्निमाण गर्नुपर्छ । अनि मात्र प्रेमको सहि परिचय दिन सकिन्छ ।

प्रेम निस्वार्थ र निश्चल हुनु पर्छ । प्रेमको नाममा समाजमा अभद्र र अव्यवाहरीक क्रियाकलाप गर्नु हुदैन । प्रेमको माध्यमबाट नै व्यवाहरिक र सभ्य समाजको र्निमाण गर्नुपर्छ । अनि मात्र प्रेमको सहि परिचय दिन सकिन्छ ।

प्रेम अन्धो हुन्छ, प्रेम हरेक मानिसमा हुन्छ, प्रेम मानिसमा मात्र नभएर चराचुरुगीँ र पशुपक्षीँमा पनि हुन्छ भन्ने वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । २१ औं शताब्दीमा प्रेमलाई प्रेममा बदलौं, धोकामा होईन, प्रेमलाई प्रेममा बदलौं पींडामा होईन, प्रेमलाई प्रेममा बदलौं स्वार्थमा होईन । प्रेम दिवशको ७ अर्ब मानिसलाई शुभकामना छ ।