राजनीति

सहीद दिवशमा नेविसङ्घद्वारा दीप प्रज्वलन

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शहीदको सम्झनामा दीप प्रज्वलन गरेको छ । नेविसङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज साँझ शान्तिबाटीकामा दीप प्रज्वलन गरिएको हो । नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोजकुमार थापाले हजारौँ शहीदको बलिदानका कारण मुलुक अहिलेको अवस्थामा आएको भन्दै शहीदलाई राज्यले उपेक्षा गर्न नहुने बताए ।

कार्यक्रममा नेविसङ्घका पदाधिकारी, सदस्य, पूर्वपदाधिकारी एवं विद्यार्थीको सहभागिता थियो ।