समाचार

लिबियामा बन्धक बनाएकालाई उद्धार गर्न काङ्ग्रेसको आग्रह

काठमाडौँ । नेपाली काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाइएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल उद्धारको पहल गर्न सरकासँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गर्न तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीलाई कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका छन् ।