आर्थिक

लूम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग बैंकान्स्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्ने छन् ।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको  छ ।  साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBAnufotsf लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।