समाचार

नेपालको अमेरिकालाई जवाफः भेनेजुवेलाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन

काठमाडौँ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ ।
सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै भनेको छ, “कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्यमान्यतानुसार हुनुपर्छ ।” भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दहालले मेनेजुएलामाथी भएको अमेरिकी हस्तक्षेपको कडा शब्दमा बिरोध गरेपछि अमेरिकाले नेपाल सरकारको जवाफ मागेपछि परराष्ट्र मन्त्रालयको आधिकारिक प्रतिकृया अँएको हो ।