राजनीति

राप्रपा एक हुने मिति तय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का बीचमा यही माघ १८ गते एकतासभा हुने भएको छ ।

अब बन्ने नयाँ पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीबीच समझदारी भएको राप्रपा(प्रजातान्त्रीक) का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

दुवै दलका शीर्ष नेताको सहभागितामा निर्देशक समिति बनाइने छ । उक्त समितिको अध्यक्षता आलोपाले गर्ने र चुनाव चिन्ह हलो राख्ने सहमति भएको छ । विसं २०४७ जेठ १५ गते स्थापना भएको राप्रपा विभिन्न समयमा फुटदै गएको थियो ।