अन्तर्राष्ट्रिय

मङ्गोलियाका सभामुखलाई पदबाट हटाइयो

उलान बाटोर । संसदमा रहेका बहुमत सांसदहरुले मङ्गोलियाका सभामुखलाई हटाएका छन् । पदको दुरुपयोग गरेको पुष्टि भएको भन्दै सांसदहरुले सभामुख मियेगोम्बो एन्खबोल्डलाई मङ्गलबार पदबाट हटाएका हुन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार उनलाई हटाउने की नहटाउने भन्ने बारेमा भएको निर्वाचनमा ६६.२ प्रतिशत मत उनको विपक्षमा परेको थियो ।

मङ्गोलियाको संसदमा ७६ सिट रहेको छ । आधा भन्दा बढी अर्थात् ३९ जना सांसदहरूले सभामुखलाई हटाउने पक्षमा उभिएका थिए ।

उनले गतल काम गरेको पुष्टि भएपछि केही सांसदहरूले उनलाई पद त्याग्न प्रस्ताव गरेका थिए । तर उजले अस्विकार गरेपछि मतदान भएको हो ।