समाचार

शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधीशक्ति परास्तः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधीशक्तिहरु परास्तभएको बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन् ।
राणा शासन विरुद्धविं सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले वहाँहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छन् ।
“ पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “ राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ । ”
दशकौं अघि क्रान्ती वीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । “यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रकृयामा सहभागीभई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।