आर्थिक

महालक्ष्मी बैंकको शेयर लाभांश सूचीकृत

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो ।

जनउत्थानको २० प्रतिशत लाभांश

यस्तै जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ । बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ ।

यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण गर्ने भएको छ । उक्त शेयर लाभांश भुक्तानी गर्दा लाग्ने वापत रु तीन लाख तीन हजार १५७ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।