आर्थिक

ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुलीमा

काठमाडौँ । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच मंगलबार संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप पाँचवटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले एक लाख साठी हजारभन्दा बढि खाताबाट पच्चीस अर्ब पचास करोडभन्दा बढि निक्षेप संकलन गरी बार हजारभन्दा बढि ऋणी मार्फत बिस अर्बभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्ता पूँजी दुई अर्व उन्साठी करोड कायम रहेको छ । बैकले हाम्रो विकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ । तत्पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब दश करोड पुग्ने विकास बैंकले जनाएको छ  ।