आर्थिक

मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो सम्झौता पछि मेगा बैंकबाटै सन नेपाल लाइफमा जीवन बिमा गर्न ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरका १ सय २ शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।