समाचार

लागुऔषधसहित पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भोलनलाई आज दिउँसो पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टाछुट्टै सवारी जाँचका क्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएकोछ ।