प्रदेश 2

मुख्यमन्त्री स्वच्छता अभियान मुख्यमन्त्री राउतद्वारा उद्घाटन

वीरगञ्ज । प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ ।

‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’सहित शुरु भएको सो अभियानको थालनी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगञ्जको सडकमा कुचो लगाएर शुभारम्भ गरे ।

प्रदेश नं २ का आठवटै जिल्लामा सञ्चालन हुने सो अभियानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षमा रु २० करोड विनियोजन गरेको छ । प्रदेश सरकारले यसअघि नै ‘बेटी पढाउ, बेटी बचाउ’ तथा ‘छोरी जीवन बीमा’ जस्ता महत्वपूर्ण कार्यक्रम ल्याई सकिएको छ ।

सरसफाइमार्फत स्वस्थ नागरिक उत्पादन गर्ने अभियानको उद्देश्य रहेको छ । प्रदेश सरकारले यसअघि ल्याएका ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान लोकप्रिय भएपछि यो अभियान पनि सफल हुने विश्वास लिएको छ ।