आर्थिक

ग्लोबल आइएमई बैंकको “प्रोफेशनल लोन” सुविधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” सञ्चालनमा ल्याएको छ । विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्तर्गत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्नेछन् ।

सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ्ग ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने “प्रोफेशनल लोन” सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने छ । “प्रोफेशनल लोन” सुविधा नेपाल भरी फैलिएर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु मार्फत उपलब्ध हुनेछ ।

ग्लोबल आइएमई बैंकले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरु संचालन गरिरहेको छ । बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरि साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको । साथै उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।