सूचना प्रविधि

क्यानमा आईएमएसको अब DJI र Crane काउत्पादन पनि

काठमाण्डौ । २९ जनवरी २०१९ मा हुनगइरहेको आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यानइन्फोटेकमा स्टल नं A23 माआफ्नो सहभागीता जनाउने भएको छ । जसमा यसले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापीत गराउने अवसर प्राप्तगर्नेछ । यसले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७०५बजार हिस्सा ओगटेको छ ।

डिजेआई क्यामेरा उत्पादनगर्ने विश्वकै सबै भन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनीहो ।यसका उत्पादनहरुमा क्यामेरा ड्रोन, एरियल फोटोग्राफीको स्टेपलाईजर र भिडियो ग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात छन् । डिजेआई का उत्पादन विश्व प्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनीएरङ्ग टेक्नीक र विशेष प्रकारको क्षमता र जनशिलताका साथ, निर्देशनमान्ने र सिने म्याटो ग्राफी भएको डिजेआई कम उचाई एरियल तस्विर लिनकालागि विशेष उपयोगी छ ।

समयअनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यानदिँदै यस कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनताथप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरि आफ्ना उत्पादन बजारमा ल्याउदै गएको छ । यो ब्राण्डले आफ्ना उत्पादनमा नयाँपन थप्दै आफूलाई प्रविधिमा अग्रसर गराएको छ । जसले गर्दा जटिल प्रविधि पनिआफ्ना उत्पादनका सामाग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको छ ।

Osmo Pocket र Smart Controller चलिरहेको CAN Info Tech2019 मा आकर्षक छुटका साथ बजारमा आज देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइनपनि उपलब्ध गराएको छ ।साथै कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फोटेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।

आईएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुनपाएको र डिजेआई ड्रोन क्यामेरा लाई नेपाली बजारमा भित्रयाउन पाएकोमा आफू एकदमै खुसीभएको बताएका छन् । भिडियो ग्राफी र फोटो ग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसाय प्रति आफूहरु एकदमै सकारात्मक रहेको बताउनु भएको छ । उनले हाम्रो लक्ष भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो” भने ।