समाचार

सञ्चारमाध्यम न्यायाधीश र प्रहरी बन्नु हुँदैनः अध्यक्ष आचार्य

चितवन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यम न्यायाधीश र प्रहरी बन्ने प्रवृत्ति राम्रो नभएको बताउनु भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रममा उनले मिडिया सन्तुलित बन्नुपर्ने बताए ।

कार्यक्रममा सहभागिको जिज्ञासाको समाधान गर्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमा विकृति छाएको भन्दै तीनलाई पत्रकारिता कानून लाग्नुपर्ने बताए । उनले पत्रकारलाई लेखेको भरमा दण्डा लगाउने प्रवृत्तिका कानून निर्माण गर्न लागेको भन्दै आपत्ति जनाए । सो अवसरमा सहभागीले सामाजिक सञ्जाल र कतिपय अनलाइनका समाचारहरुले गर्दा पत्रकारिता क्षेत्रको बदनामी भएको भन्दै गुनासो गरेका थिए ।