कर्णाली प्रदेश

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस माग अभियोग लागेको छ ।

आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।