स्वास्थ्य

औषधि उद्योग सञ्चालन

हेटौँडा । वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रु ३० करोडको लागतमा नयाँ औषधि उद्योग सञ्चालन गर्न लागिएको छ । बारा–पर्साको सीमा नजिक वीरगञ्ज महानगरपालिका–३२ मा ‘प्राइम फर्मास्युटिकल’ नामक उद्योग स्थापनाको प्रक्रिया पूरा भइसकेको छ ।

औषधि उद्योगका प्रबन्ध सञ्चालक वृजकिशोर चौवेका अनुसार उद्योग सञ्चालनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र छिट्टै औषधि उत्पादन हुने बताइएको छ । नेपालमा औषधिको मागलाई पूरा गर्ने उद्देश्यले स्थापना गर्न लागिएको सो उद्योगबाट क्याप्सुल सिरप, मलम र लोसनलगायतका औषधि उत्पादन गर्ने बताइएको छ ।

उद्योग स्थापनाबाट करीब ६० जनाले रोजगारी पाउने प्रबन्धक चौवेले भने। उक्त करिडोरमा जिडी फर्मा, नेपाल फर्मा, नेसनल फर्मा, कौवस्ट, एफेक्स, मारुती, जेसेटिका र भास्कर हर्बल र सुपिम फर्मालगायतका एक दर्जन औषधि उद्योग सञ्चालनमा छन् ।