राजनीति

निर्मलाका बलात्कारी/हत्यारालाई ओली सरकारले कारबाही नगरे हामी गर्छौः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेकपा नेतृत्वको केपी ओली सरकारको बिरोधको अन्तिम आन्दोलन गरेको छ । प्रदेश नम्बर १ को राजधानी बिराटनगरबाट ८ माघमा शुरु गरेको ओली सरकार बिरुद्धको आन्दोलन काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशको राजधानी धनगढीमा बिरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा आफूहरु अब ओली सरकारले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही नगरे चुप लागेर नबस्ने तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताएका छन्. । उनले कञ्चनपुरकीमात्र नभएर नेपालकै छोरी निर्मलाको बलात्कारपछि भएको घटना आफूलाई कुरा गर्नपनि अप्ठेरो लागेको बताउँदै निर्मलाका हत्यारालाई आफूहरुले गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही नगरे तरुण दलले जनताका सामु ल्याएर कारबाही गर्ने बताएका छन् ।


ओली सरकारले नेपाली जनतालाई महंगीको मारमा पारेको बताउदै, वाईडबडी, बुढीगण्डकीमा अरबौं भ्रष्टाचार भएको कुरा बाहीर आउँदा सम्म नेकपा पानीमाथीको ओभानो भएको आरोप लगाएका छन् । अध्यक्ष बस्नेतले दुईतिहाई मतको आडमा माफियासँगको मिलेमतोमा चिकित्शा शिक्षा बिधेयक पास गर्न ओली सरकार सफल भएको भन्दै डा. गोबिन्द केसीको जिबन रक्षाका लागि नेपाली जनताले ओली सरकारलाई चिकित्शा शिक्षा बिधेयक संसदबाट फिर्ता गराउन बाध्य पार्न आउँदाने २१ गते काँग्रेसले घोषणा गरेको आन्दोलनलाई साथ दिनुपर्ने विचार ब्यक्त गरेका छन् ।

बिरोध प्रदर्शनमा महासचिव भूपेन्द्रजंग शाही, उपाध्यक्ष उक्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुगं लगायत दशौं हजार नेता कार्यकर्ताहरुको उपस्थिति थियो । नेताहरुले काँग्रेसलाई आफ्ठ्यारो परेका बेला तरुण दल काँध थाप्न तयार रहेको बताएका थिए । उक्त कार्यक्रममा काठमाण्डौमा समापन स्वरुप लाखौं जनता सडकमा उतारेर ओली सरकारको भण्डाफोर गर्ने समेत जानकारी गराएका थिए ।