प्रदेश 2

गौ संरक्षणमा निजी शिक्षण संस्थाको सहयोग

चितवन । जिल्लामा निजी क्षेत्रबाट प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक र आर्थिक सहयोग गर्ने भएको छ ।

इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायका अनुसार गाईलाई मासिक १२ बोरा चोकर उपलब्ध गराइने भएको छ । एक बोरा चोकरको रु एक हजार दुई सय पर्दछ । यससँगै कलेजमा स्नातक तहमा पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थी र प्राध्यापकले ती गाईको उपचार, औषधि, शिविर, खोप, बाझोपन परीक्षणलगायतको व्यवस्थापन गर्ने उपाध्यायले बताए ।

कलेजका अध्यक्ष चूडामणि खनालले स्थानीय जातको गाईको संरक्षणमा सहयोग पु¥याउन लागिएको बताए । ती गाईको बागिश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गर्दै आएको छ । पवित्र तीर्थस्थल देवघाट जाने बाटोमा गौ संरक्षण केन्द्र रहेको छ । स्थानीय जातिका गाईको संरक्षणका लागि गौ संरक्षण गरिँदै आएकोे छ । गौ संरक्षण केन्द्रमा हाल स्थानीय जातिका दुई सय गाईलाई संरक्षण गरिँदै आएको छ । गाईको मूत्रबाट औषधि बनाइँदै आएको छ । केन्द्रका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार दाताकै सहयोगमा स्थानीय जातको गाई संरक्षण गरिँदै आएको हो ।