समाचार

गृहमन्त्री थापाद्वारा प्रहरी उपरीक्षक पोखरेलप्रति श्रद्धाञ्जलि

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन हुनुभएका प्रहरी उपरीक्षक पोखरलको निवास सानोभ¥याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । गृहमन्त्री थापाले पोखरेलको निधनले कर्तव्यनिष्ठ, व्यावसायिक अधिकृत गुमाएको भन्दै दुःख व्यक्त गरे ।

यसैबीच आजै गृहमन्त्री थापाले दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत स्वास्थ्यअवस्थाबारे जानकारी लिएउका छन् । उनी आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुगेर उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।  गृहमन्त्री थापाले उपचारको खर्च सरकारले व्यहोर्ने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन समेत दिनुभएको छ ।