तस्विरहरु

हिउँ खेल्न आन्तरिक र बाह्य पर्यटकको देशभर घुइँचो, तपाईपनि जाने कि ! (फोटो फिचर)

काठमाण्डौ । देशका बिभिन्न भागहरुमा हिँउले प्रभाबित बनाएको छ । कतिपय स्थानमा स्थानीय तहले विद्यालयहरु समेत बन्द गरेका छन् भने कतिपय पर्यटक्ीय स्थानहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु रमाएक समाचारहरु प्राप्त छन् । यसैबिच जुम्ला, हुम्ला, नुवाकोट, बाग्लुङ, मनाङ, मुस्ताङ, ललितपुर, दोलखा, रसुवा, सुर्खेत, दैलेख, बाजुरा, गोरखा, लगायतका पर्यटकीय स्तानमा हिह्उमा आन्तरिक तथा बाह्य पर्यटकहरु भरपुर मनोर१जन लिईरहेका छन् ।

यसैगरी आज दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।
जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

राजधानीबाट नजिक रहेको दोलखामा शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताए । कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए । “होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको छ।” उनले बताए

हिउँका कारण गाडी सचालनमा आउन नसक्दा कालीञ्चोक हिँडेकाहरू कुरीबाट माथि जान सकेका छैनन् । कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटक होटल समेत भरिभराउ छन् । हाल पनि निरन्तर हिउँ परिरहेको हुँदा कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए । ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालीञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँछ, उनले भने ।
कालीञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको छ ।” जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताए ।
केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । अठतीस हजार बयालिस मिटरको उचाइमा रहेको कालीञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । राजधानी काठमाडौँबाट १३३ किमी को सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताए । जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

 


बागलुङको काठेखोला गाउँपालिका – ५ घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुनवाण गणमा कार्यरत जवान शनिबार हिउँमा रमाउँदै । तस्वीर ः रामबहादुर थापा, बागलुङ

बागलुङ जिल्लाको पर्यटकीय स्थल थामा स्थित नेटामा देखिइएको हिमपातको दृश्य र हिउँमा खेल्दै पर्यटकहरु । तस्वीरः सुवास गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश
दैलेखको गुराँसे र सुर्खेतको रातानाङला आसपासमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर ः हिक्मतबहादुर नेपाली, दैलेख (दुल्लु), कर्णाली प्रदेश
दैलेखको गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भएको छ । स्थानीय कृषकले लगाएको बन्दा, आलुलगायतका तरकारीखेती हिउँले ढाकिएको छ । तस्वीर ः हिक्मतबहादुर नेपाली, दैलेख (दुल्लु), कर्णाली प्रदेश

हिउँसँग मनोरञ्जन लिँदै हुम्ला सिमकोटका स्थानीय युवा । तस्वीरः दाने बोहरा, हुम्ला
हुम्ला सिमकोटका बालिका हिउँमा रमाउँदै । तस्वीरः दाने बोहरा, हुम्ला

हुम्ला सिमकोटका बालबालिका हिउँमा रमाउँदै । तस्वीरः दाने बोहरा, हुम्ला
हवाई उडान बन्द भएपछि हुम्लाको सिमकोट विमानस्थलमा आइतबार हिउँ पन्छाउँदै पर्यटक । तस्वीरः दाने बोहरा हुम्ला
हिउँसँग मनोरञ्जन लिँदै हुम्ला सिमकोटका स्थानीय युवा । तस्वीरः हुम्ला
जुम्लाका बालबालिका हिउँसँगै रमाउँदै । तस्वीर ः विजय रावत खलंगा ( जुम्ला) कर्णाली प्रदेश
हवाई उडान बन्द भएपछि हुम्लाको सिमकोट विमानस्थल खुलाउन आइतबार हिउँ पन्छाउने कार्यमा सहभागी हुँदै विदेशी पर्यटक । तस्वीरः दाने बोहरा हुम्ला
सेल्फी खिच्दै युवा युवती दोलखाको हिँउमा