समाचार

सरकार देश र जनताको हितमा बजेट ल्याएर जनताले चाहेजस्तो गर्न चाहन्छ: उपप्रधानमन्त्री पोख्रेल

बुटवल । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा भएको परिवर्तन मात्र सत्ता र राजनीतिक नभई व्यवस्था नै परिवर्तनको प्रक्रियामा भएको हुुँदा जनताले चाहेको जस्तो हुन नसकेको बताएका छन् ।

उनले वर्तमान सरकार जनचाहनाअनुसारको काम गर्न र जनताप्रति उत्तरदायी बन्नका लागि आगामी बजेटमा जनतालाई सम्बोधन गरिने र प्रतिबद्धता पूरा गर्न सरकार अग्रसर रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले राजनीतिक र संविधानमा परिवर्तनको घोषणा भए पनि सरकार अहिलेसम्म कानूनी र संरचनामा परिवर्तन गर्नेतर्फ केन्द्रित हुँदा सरकारको ध्यान अब जनताका अपेक्षा सम्बोधनमा केन्द्रित हुने स्पष्ट पारे ।
सरकार जनताको सामाजिक सुरक्षाका विषयमा गम्भीर रहेकाले सामाजिक सुरक्षाबापत प्रदान गरिँदै आएको भत्तामा वृद्धिसँगै स्वास्थ्य बीमालगायत अन्य सामाजिक सुुरक्षाका क्षेत्रमा समेत सरकारले कार्यक्रम अगाडि बढाउने उनले बताए । मन्त्री पोखरेलले नेपालको आम कम्युुनिष्ट विचारलाई मन पराउने जनताको चाहना र सिङ्गो राष्ट्रको विकास, अस्थीरताको अन्त्य र समृद्धिका लागि दुुई कम्युुनिष्टबीचमा एकता भएको बताए ।

विगतमा दुई पार्टीबीचको निरन्तर संवाद, सहकार्यको आयामबाट नै एकता भएको बताउँदै मन्त्री पोखरेलले एकतापछि अब विगतबाट शिक्षा लिएर अबको बाटो पश्चगामीबाट नभई अग्रगामी भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं ५ का मुुख्यमन्त्री तथा नेकपा प्रदेश नं ५ का इञ्चार्ज शङ्कर पोखरेलले सरकार परिवर्तनको मनोविज्ञान आम नागरिकको बुुझाइरहेको भन्दै कानून निर्माण र संरचना निर्माण मुुख्य पाटो हो भन्ने कुुरा जनतालाई बुुझाउन आवश्यक भएको बताए । उनले प्रदेश सरकार प्रदेशको विकासका लागि प्रदेशको आवधिक योजना निर्माणमा लागेको बताउँदै सरकारले अगामी वर्षको बजेट आवधिक योजनाको जगमा ल्याउने बताए। उनले सङ्घीय सरकारको कानून निर्माण प्रक्रियमा भएको ढिलाइले प्रदेशलाई कानून बनाउन असहज भएको बताउँदै प्रदेश सरकारले आगामी चैतसम्ममा आधारभूत कानून निर्माण गरिसक्ने जानकारी दिए ।