राजनीति

अध्यक्ष बस्नेतको गर्जनः प्रधानमन्त्री ज्यू, गृहमन्त्रीको छोरा बलात्कारी होईनन् भन्ने प्रश्नको उत्तर चाहियो

वीरेन्द्रनगर, सुर्खेत । तरुण दलले आज कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ओली सरकारले चिकित्शा शिक्षा बिधेयक माफियासंग कमिशन खाएर गरेको, निर्मला पन्तका बलात्कारी रहत्यारा पत्ता लगाउन नसकेको, वाईडबडी भ्रष्टाचारमा अरबौंको अपचलन गरेको लगायत दर्जनौा आरोपहरु लगाएर सम्पन्न गरेको छ । सातै प्रदेशमा भण्डारफोर अभियान अन्तर्गत दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या हुंदा गृहमनत्ती रामबहादु थापाका छोरा कहाँ थिए भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत सरोकारवालालाई सोधेका छन् । गृहमन्त्री, प्रधानमन्त्री कसैले पनि निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाएर कारबाही गर्न नसके तरुण दलले कारबाही गर्ने समेत अध्यक्ष बस्नेतको कथन छ । दशौं हजारको संख्यामा आन्दोलनमा सहभागी तरुणहरुलाई सम्बोधन गर्दै गृहमन्त्ती थापाका छोरा नै निर्मलाका बलात्कारी भएको किटानी गर्दा डीएसपीको नेतृत्वमा खटिएको प्रहरी भने भाषण सुनिरहनमा ब्यस्त रह्यो ।

ओली सरकार दलालको पक्षमा देखिएको, ‘बलात्कार, हत्याहिंसा र भ्रष्टाचार कम्युनिस्ट सरकारको जनतालाई उपहार भएको हामी टुलुटुलु हामी कदापी सहन सक्दैनौँ’, उनले भने।
उनले सरकारले कांग्रेसका नेताको इतिहास मेट्ने प्रयास गरेको भन्दै आपत्ति जनाए। ‘यो सरकारले हाम्रा नेताको इतिहास मेटाउने प्रयास गर्दैछ’, बस्नेतले भने, ‘त्यो शाख जोगाउँन ज्यान दिन पनि तयार छौं ।’

उनले सरकार नसच्चिए सडकबाटै ढाल्ने चेतावनी दिए। ‘सरकार प्रतिपक्षी कांग्रेस र जनतालाई डस्ने काम गरिरहेको छ’, बस्नेतले भने, ‘सचेत गराउँदा पनि सच्चिएन भने सडकबाटै सरकार ढालिन्छ।’

बिराटनगरबाट शुरु भएको तरुण दलको आन्दोलन सोमबार सुदूरपश्चिमको धनगढीमा अन्त्य हुंदैछ भने केन्द्रीय राजधानी काठमाण्डौमा एक लख भन्दा बढी युवा उतार्ने तलको तयारी छ । अध्यक्ष बस्नेतले गृहमन्त्ती थापाका छोरा नै बलात्कारी हुन् भन्ने मिडियामा आएको जनताको सरोकारको बिषयको उत्तर किन नदिनुभएको, यसको उत्तर चाहियो, उनले प्रश्न गरे । उक्र प्रदर्शनमा महासचिव भुपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुगं, स्थानीय काँग्रेस नेताहरु तथा उक्त प्रदेशका तरुण दलका अधिकाँस जिल्ला अध्यक्षहरुले सम्बोधन गरेका थिए ।