कर्णाली प्रदेश

जुम्लामा चौथो पटक हिमपात

जुम्ला । जुम्लामा दुई दिनदेखि लगातार हिउँ परिरहेको छ । चिसो ह्वात्तै बढ्दा जनजीवन कष्टकर बनेको छ । यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलब ७ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनयता २७ दशमलब ४ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

यस वर्ष चौथो पटक हिमपात भएको हो । हिउँ परेपछि किसान हर्षित भएका छन् । वर्षा र हिमपातपछि खेती सप्रिने किसानको विश्वास छ । हिउँ परेकाले जौँ, गहुँलगायत बाली फष्टाउने तातोपानी– ७ सर्मिका हरि कुँवरले बताए । हिमपातका कारण यहाँ हवाईसेवा बन्द छ ।