सुदूरपश्चिम

हिमपातले जनजीवन कष्टकर

बाजुरा । लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय कोल्टीले जनाएको छ ।

यात्रु कोल्टीमा अलपत्र परेका छन् । हिमपातका कारण मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध छ । पोरखे लेकमा करीब पाँच फिट हिउँ जमेको छ । चिसोले बिरामीको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पतालका डा रोहित गिरीले बताए । चिसोले महिला, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन् ।